25.1 C
Kathmandu
Flowers in Chania

बौदिकालीले खोल्यो राजमार्ग जोड्ने छोटो दुरीको पहुँचमार्गको ट्रयाक

- Advertisement -Flowers in Chania

नवलपुर। बौदिकाली गाउँपालिकाले रुचाङबाट पूर्वपश्चिम मुख्यमार्ग जोड्ने छोटो पहुँचमार्गको ट्रयाक खोलेको छ । जिल्ला सदरमुकाम कावासोतीको डण्डा जोडिने मार्गको बौदीकालीको वडा नं. ४ रुचाङस्थित सेतोपानी शिरवास–डोडेभञ्ज्याङ ग्रामीण सडकको नयाँ ट्रयाक खोल्ने कार्य सहित स्तरोन्नति भएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

अध्यक्ष ओझाले ट्रयाक खोलिएको यो नयाँ बाटो पुर्वपश्चिम मुख्यमार्ग पुग्न छोटो दुरीको रहेको बताए । यस क्षेत्रमा ब्यवसायिक रुपमा उत्पादित अम्रिसो, अदुवा, सुन्तला लगायत अन्य अर्गानिक कृषि उपजलाई ठूला वजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ ।

यहाँ ट्रयाक खोल्ने कार्य आर्थिक वर्ष ०७७÷०७८ देखि भएकोमा अहिले गाउँपालिकाकै चालु आर्थिक वर्ष २०७९÷८० को वजेटबाट सम्पन्न भएको स्थानीय शिक्षक भीम बहादुर थापा मगरले जानकारी दिए । ट्रयाक खोल्नका लागि चालु वर्षको पालिकाको १९ लाख ५० हजार बजेट विनियोजित भएको हो । ०७७÷०७८ मा वडा नं. ४ ले ३ लाख र सिचाई डिभिजन कार्यालयका तर्फबाट २५ लाख गरी २८ लाख बजेटबाट कार्य थालनी भएको थियो ।


सो वजेटले बौदीकाली र हुप्सेकोटको सीमानामा पर्ने डोडेभञ्ज्याङसम्मको ६ किलोमिटर लम्वाईको ट्रयाक खोलिएको हो । डोडेभञ्ज्याङदेखि तल भने हुप्सेकोटले ट्रयाक पुर्याएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्