8.1 C
Kathmandu
Flowers in Chania

मध्यविन्दुमा कुरिलो खेती

- Advertisement -

मध्यविन्दु,२ वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगपालिका ३ ब्रमस्थानमा करिब डेड विगाह जमीनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आउनु भएको छ । विगत ४ बर्ष यता लोट्स कृर्षि तथा पशुर्फम दर्ता गरि अन्य तरकाली तथा फलफुल खेतिगर्दै आउनु भएका मोक्तानले विगत दुई वर्ष देखि कुरिलो खेती गर्न थालेको बताउनु भयो । अन्य खेतिमा भन्दा भौगोलिक बातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेति उपयुक्त हुने देखे पछि कुरिलो खेति तर्फ आकर्षित भएको मोक्तानले बताउनु भयो ।
पछिल्लो समयमा नवलपुलाई कुरिलो खेतिको हव बनाउने सोचसहित आफु त्यसतर्फ लागिपरेको उहाँले बताउनु भयो ।
“कुरीलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काडमाडौँ लगाएत शहरी क्षेत्रमा बढि रहेको छ”उहाँले भन्नु भयो “‘दुःख गर्न सके विदेश जानै पर्दैन, आफ्नो गाउँघरको आगनीमै सुन फल्छ, फलाउन सकिन्छ ।”
उहाँले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गर्नु भएको छ । यस फर्मबाट दैनिक नौ जनाले रोजगारी पाएका छन् । यसरी आफ्नै गाउँठाउमा रोजगार पाउदा यहाँका स्थानीयहरु समेत खुसी भएका छन् ।


कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिदै यसको बजारीकरणमा लागेको मोक्ताले बतानउनु भयो । भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउदै स्थानीय क्षेत्रमा नै बाजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी सम्म्मेत दिन सफल भएको उहाँले बताउनु भयो ।
सुरुमा थोरै जमीनमा कुरिलो रोप्नु भएका मोक्तानले अव क्षेत्र विस्तार गर्न लागेको बताउनु भयो । “बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ”उहाँले भन्नु भयो ।
कम लगानीमा राम्रो आम्दानी हुनेभएकाले कुरिलो खेतीलाई निरन्तरता दिएको मोक्तानले बताउनु भयो । “आम्दानीको हिसाबले पनि राम्रो हुने कुरिलो खेतीका लागी मेहनत पनि उत्तिकै गर्नु पर्छ”उहाँले भन्नु भयो “अहिले बारी वाटनै प्रतिकेजी चार सय रुपैँयाका दरले विँक्री गर्दै आएको छु ।”


कम लगानीमा बढी फाइदा लिन सकिने कुरिलोको बजार मुल्य अहिले प्रतिकेजी ५ देखि ७ सय रुपैया सम्ममा बिँक्री हुने गरेको छ ।
कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसंगै फाईदा पनि उतिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यसको माग बढ्दै गएको छ । यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेतिलाई प्रोत्साहन गर्ने गरी सम्बन्धित निकायले कार्यक्रम ल्याउन आवश्यक रहेको देखिन्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्