
आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट निर्माणको तयारीमा रहेको अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा खुल्ला सुझाव माग गरेको छ । मन्त्रालयले सरोकारवालाबाट अगामी वैशाख १५ गतेसम्म आइपुग्ने गरी सुझाव मागेको हो ।
सङ्घसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरु पठाउन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यतिबेला विभागीय मन्त्रालयहरुबाट बजेट तथा कार्यक्रम माग गरेको छ ।
सोही अनुसार मन्त्रालयहरु नयाँ बजेटको निर्माणमा जुटेका छन् । नेपालको संविधान अनुसार जेठ १५ मा सङ्घीय सरकारले संसदमा बजेट पेश गर्नुपर्छ ।