8.1 C
Kathmandu
Flowers in Chania

मध्यविन्दु क्याम्पसमा तत्काल पार्कीङ्गको व्यवस्था गर्न नेविसंघको माग

- Advertisement -

कावासोती– नेपाल विद्यार्थी संघ मध्यविन्दु बहुमुखी क्याम्पसले तत्काल पार्कीङ्गको ब्यवस्था गर्न माग गरेको छ । क्याम्पस परिसरमा पार्कीङ्ग नहुदा विद्यार्थीले कलेज परिसर बाहीर सवारी राख्दा जोखिम बढेको भन्दै तत्काल व्यवस्थापन गर्न माग गरेको हो । इकाई सभापती खिमलाल कंडेल(विक्रम)द्धारा आज जारी बिज्ञप्तिमा पार्कीङ्ग नहुदा बास्केटबल कोर्टमा सवारी राख्नुपर्ने बाध्यता जसले गर्दा विद्यँर्थीलाई खेल खेल्न असहजभएको उल्लेख गरीएको छ । क्याम्पस परिसर बाहीर सवारी राख्दा हेलमेट हराउने तथा सवारी हराउन सक्ने सम्मको जोखिम हुने भन्दै तत्काल क्याम्पस प्रशासनको ध्यानकर्षण गराएको हो ।

आफ्ना माग तत्काल सम्बोधन गर्न सभापती कंडेल सहित नेविसंघका पदाधिकारी र विद्यार्थीले क्याम्पसका सहायक प्रमुख सुरेन्द्र बहादुर एमसीलाई ज्ञापन पत्र बुझाएका थिए । क्युएए प्राप्त कलेजमा ब्यवस्थित पार्कीङ्ग नहुदा समस्या परेको भन्दै आफ्ना माग सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम गरीने नेविसंघले चेतावनी दिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्