कावासोती ।
नवलपुरको कावासोतीले केरुङ्गे खोलामा नदीजन्य पदार्थ बिक्रीका लागि ठेक्का आवहन गरेको छ । कावासोती नगरपालिकाले चैत १६ गते पन्ध्रदिने सूचना आवहान गरेको हो ।
नगरपालिकाले केरुङ्गे खोलाको १५ ओटा खण्डलाई तीन प्याकेजमा समेटेर ठेक्का आवहान गरेको छ । सूचना अनुसार तीनवटा खण्डमा गरि कुल ९९ लाख ६८ हजार ४३५ घनफुट नदीजन्य पदार्थ बिक्री गरिने छ । नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि प्रत्ययक खण्डमा एउटा हेबी मेसिन प्रयोग गर्न सकिने गरि ठेक्का आवहन गरेको हो । जिल्ला विपद व्यवस्थापन समितिबाट नदीजन्य पदार्थ उत्खननको लागि हेबी मेसिन लगाउने अनुमति प्राप्त गरेअनुसार मेसिन प्रयोग गर्न लागिएको हो ।
केरुङ्गे खोलाबाट नियमित नदीजन्य पदार्थ निकासी नहँुदा नदिको सतह बढ्दै जाँदा जोखिम निम्ताएको छ । यसकारण विपद व्यवस्थापन समितिको निर्णय अनुसार मेसिन प्रयोग गरि तोकिएको क्षेत्रमा तोकिएको मात्रामा नदीजन्य पदार्थ उत्खनन गर्ने गरि हेबी मेसिन प्रयोग गर्न पाइने शर्त सहित ठेक्का खोलिएको हो ।
नगरपालिकाले कम्तिमा रु। नौ करोड ९६ लाख ८४ हजार ३५० आन्तरिक राजश्व संकलन गर्ने गरि ठेक्का खुलाएको छ । केरुङ्गे खोला सहित पत्थर खोलाको दुई खण्डलाई एउटा प्याकेज मानेर सोही सूचना मार्फत नदीजन्य पदार्थ निकासीका लागि ठेक्का खुलाइएको छ ।
केरुङ्गे खोलामा आवश्यक मात्रामा नदीजन्य पदार्थ निकासा नगर्दा खोलाको सतह बस्तीभन्दा अग्लो भएको छ । खोलामा अधिक मात्रामा जम्मा भएको गिटी बालुवा ननिकाल्ने हो भने बस्ती झनै जोखिमा पर्ने देखिन्छ । बर्खा याममा खोलाको बहाव बस्तीमा पसे ठूलो क्षति हुन सक्ने भएकाले विपद व्यवस्थापनका लागि जिल्ला समितिको अनुगमन र निर्णय अनुसार हेवी मेसिनको प्रयोग गर्ने गरि नदीजन्य पदार्थ निकासा गर्न लागिएको हो ।
खोला नियमित ठेक्का नलाग्दा एकातर्फ विपद व्यवस्थापनका हिसाबले बाढीको जोखिम बढ्दो छ भने अर्को तर्फ नगरको आन्तरिक आयमा प्रभाव पारि विकास निर्माणका कार्यहरु प्रभावित हुने गरेको छ । विपद व्यवस्थापन र आन्तरिक आय वृद्धिका लागि नदिजन्य पदार्थ निकासीको ठेक्काले सहयोग पुग्ने नगरको विश्वास छ ।