25.1 C
Kathmandu
Flowers in Chania

राजमार्ग क्षेत्रमा कावासोती खानेपानीले नयाँ पाइपलाइनबाट पानी  वितरण गर्दै 

- Advertisement -Flowers in Chania

कावासोती । नारायणगढ –बुटवल सडक विस्तारका क्रममा कावासोती खानेपानीको पुरानो पाइप बिचमा परेपछि नयाँ पाइपलाइन जडानको काम गरिएको छ । नयाँ पाइप लाइन जडान गरि हाल राजमार्ग क्षेत्रमा सोही नयाँ पाइपलाइनबाट पानी वितरणको कार्य भइरहेको संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताउनुभयो ।
नयाँ पाइपलाइनबाट पानी वितरण गर्दा घर घरमा नयाँ पाइपबाट धारा जडान गर्नुपर्ने भएको छ । बजार क्षेत्रमा धेरै घरहरू रहेकाले क्रमश कावासोतीको राजमार्ग क्षेत्रमा  जडानको काम चलिरहेको अध्यक्ष लम्सालले बताउनुभयो । निरन्तर प्राविधिक टोली जतिसक्दो चाडो नयाँ पाइपबाट उपभोक्ताको घरमा पानी जडानका लागि खटिएको भएपनि धेरै धारा एकैपटक जडान गर्नुपर्ने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।
राजमार्ग क्षेत्रबाट नजिक पर्ने कतिपय भित्रका घरहरूमा  वर्षौ पहिले राजमार्गकै पाइपलाइनबाट धारा जडान गरिएको र हाल पुरानो पाइप विस्थापन हुँदा केही समस्या थपिएको छ । पुराना घरका कतिपय घरधनीले पछि घर खरिद गरेकाले कहाँबाट धारा जडान गरिएको छ भन्ने समेत थाहा नभएको अवस्था रहेको छ । त्यसले गर्दा त्यस्ता घरमा पुनः नयाँ स्थानबाट धारा जडान गर्नुपर्ने आवश्यकता रहेकाले पानी लामो समय नआए जानकारी गराउन खानेपानी संस्थाले आग्रह गरेको छ ।
नयाँ पाइपलाइनबाट पानी बितरण पछि धारा जडानको काम चलिरहेकाले केही दिनमा समस्या समाधान हुने र घरधनीले सकारात्मक सहयोग गरि पानी बितरण लाई नियमित गराउने काममा सहयोग गरिदिन अध्यक्ष लम्सालले आग्रह गर्नुभयो ।
राजमार्ग देखि भित्र घर भएका तर राजमार्गकै क्षेत्रबाट पानी लगिएका घरधनीले पुरानो  धारा जडान भएको  ठाउँ पहिचान कार्यमा सहयोग गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्