24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

चितवन-२ मा रवि लामिछानेले दर्ता गरे उम्मेदवारी

- Advertisement -Flowers in Chania
Banner

चितवन,चैत २०-

चितवन निर्वाचन क्षेत्र नम्बर-२ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्ताबक सिता ज्ञवाली र समर्थक बिक्रम श्रेष्ठ रहेका छन् ।

उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए । लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्