24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

नेपाल पत्रकार महासंघ स्थापना दिवस: सात पत्रकार पुरस्कृत

- Advertisement -Flowers in Chania
sharethis sharing button
Banner

तनहुँ, चैत्र १६-

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ।

दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरे। शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पाँच हजार रुपैयाँ रहेको छ।

‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि दश हजार रुपैयाँ रहेको छ। ‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ।

यस्तै ‘चिरणहरि पत्रकारिता पुरस्कार’ रासस समाचारदाता सानेबहादुर नेपालीलाई, ‘हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार’ शाखाका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारीलाई, ‘भोर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ शाखाका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई तथा ‘पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पवन पौडेललाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही दश हजार रुपैयाँ रहेको छ। रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्