25.1 C
Kathmandu
Flowers in Chania

गैँडाकोटमा अविवाहित महिला भन्दा पुरुष धेरै 

- Advertisement -Flowers in Chania

गैँडाकोट । गैँडाकोटमा अविवाहित महिला भन्दा पुरुष धेरै रहेका छन् । सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ अनुसार गैँडाकोटमा २१ हजार ३ सय ८५ जना अविवाहित रहेका छन् । जसमध्ये अविवाहित पुरुष धेरै छन् । १२ हजार ४५ जना पुरुष अविवाहित रहेका छन् भने ९ हजार ३ सय ४० जना महिला अविवाहित रहेका छन् । ४१ हजार ९ सय ४२ विवाहित मध्ये १८ हजार ५ सय ६३ पुरुष र २३ हजार ३ सय ७९ महिला रहेका छन् । 

गैँडाकोटमा ३ हजार ४ सय २ एकल अर्थात विधुर/विधवा रहेका छन् । एकल (विधुर/विधवा) पुरुष ६१८ जना छन् भने एकल (विधुर/विधवा) महिला २ हजार ७ सय ८४ जना रहेका छन् ।  

गैँडाकोटको कूल जनसङ्ख्या ७९ हजार ३ सय ४९ रहेको छ । महिलाको सङ्ख्या ४१ हजार ४ सय २० रहेको छ भने पुरुषको सङ्ख्या ३७ हजार ९ सय २९ रहेको छ । जुन प्रतिशतमा महिला ५२.२ प्रतिशत रहेको छ भने पुरुष ४७.८ प्रतिशत रहेको छ । गैँडाकोटमा २० हजार १ सय ९१ कूल परिवार रहेका छन् । ४९६ जनघनत्व रहेको छ ।   

नेपाल सरकारबाट २०७१ बैशाख २५ मा घोषणा भई २०७१ जेठ ७ मा कार्यान्वयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर (२०७३ मा थप भएको) ४ गा.वि.स. समावेस गरी नगरपालिका बनेको थियो । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्