18.1 C
Kathmandu
- Advertisement -
Banner

काठमाडौं, चैत १०-

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारबाट एमालेलाई हटाउने बारेमा छलफल भएको हो । केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबैमा एमाले सत्तारुढ अवस्थामै छ ।

नेकपा एसले संघीय सरकारमा तीन मन्त्री र प्रदेशतर्फ एक मुख्यमन्त्रीको अडान कायमै राखेको छ । स्रोतका अनुसार नेकपा एसले गृहसहित तीन मन्त्रालय माग गरेको छ ।

केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको बताएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्