24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

छाडा चौपाया समस्या बनेपछि देवचुली नगरपालिकाले थाल्यो व्यवस्थापन

- Advertisement -Flowers in Chania

नवलपुर । छाडा चौपायाले बाली नष्ट गरेर किसान हैरान बनेपछि जिल्ला स्थित देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन कार्य सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको कार्य सुरु गरेको हो ।
नगरपालिका भित्र रहेका छाडा चौपायाले दैनिक जसो किसानका अन्नबाली नष्ट गरि क्षति पुर्याउने क्रम तीब्र बनेपछि यसको व्यवस्थापन थालिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । ‘छाडा चौपाया ,विशेष गरि छाडा गाईले किसानका बाली नष्ट गर्ने क्रम बढ्यो, यसले किसानलाई समस्या थपेको गुनासो आएपछि नगरबाट व्यवस्थापनको पहल थालिएको हो’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।
देवचुली नगरपालिकाले वडा नम्बर –१० स्थित लोकाहा नदि किनारमा छाडा चौपाया व्यवस्थापन गरेको छ । सो क्षेत्रमा तारबार गरि छाडा चौपायालाई राखिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरि लोकाहामा राखिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।स्थानीय स्तरमा आउने विविध समस्या समाधानको पहलगर्नु नगरको उत्तरदायित्व भएकाले सोही अनुसार छाडा चौपाया व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । ‘स्थानीय स्तरमा आउने समस्या गर्नु नगरको दायित्व नै हो, यसैलाई आत्मसाथ गरेर छाडा चौपाया व्यवस्थापनको पहल गरेका हौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको कार्य सुरु गरेपछि नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई संकलन भएको देवचुली नगरपालिका वडा नम्बर –१०, का वडा अध्यक्ष रेप्ती कुमार घर्तीले बताउनुभयो । संकलन भएका गाई मध्य केही गाई नगरमा राजश्व तिरेर चितवन स्थित एक फर्मले लगेको र केही मरेको उहाँले बताउनुभयो । अहिले करिब ४० वटा गाई छाडा चौपाया व्यवस्थापन केन्द्रमा रहेकाछन् । नगरपालिकाले गाईको आहाराका लागि पराल खरिद गर्ने गरको छ । तारबार गरिएको क्षेत्र भित्र पानीको व्यवस्थापन समेत गरिएको छ । छाडा चौपायाको रेखदेखका लागि एकजना हेरालुको समेत व्यवस्थापन गरिएको वडा अध्यक्ष घर्तीले बताउनुभयो । छाडा चौपाया व्यवस्थापन गर्दा किसानलाई राहत मिलेको भएपनि निरन्तर व्यवस्थापनमा चुनौती रहेको उहाँले बताउनुभयो । ‘धेरै छाडा गाई संकलन भएकाछन्, किसानको बाली जोगिएको छ, यो राम्रो पक्ष हो तर यसको आहाराको व्यवस्थापन , निरन्तर रेखदेख खर्चिलो रहेछ, निरन्तर व्यवस्थापनको चुनौती समेत छ ’ वडा अध्यक्ष घर्तीले भन्नुभयो ।
यसपालि छाडा चौपायाका कारण किसानले लगाएको गहूमा धेरै क्षति पुगेपछि करिब एक महिना अघिबाट व्यवस्थापन कार्य सुरु गरिएको हो । नगरभित्रका हाल संकलन भएका गाई बाहेक अन्य गाई ल्याउन नपाइने रेखदेखमा खटिनुभएका नारायण श्रेष्ठले बताउनुभयो । स्थानीयले आफै गाई छाड्ने र ल्याएर यहाँ राख्न खोज्ने हुँदा गाईको संख्या धेरै भएर व्यवस्थापन थप चुनौतीपूर्ण हुने हुँदा यसरी जथाभावी ल्याउन रोक लगाइको हो । ‘गाई राख्छ भनेपछि कतिपयले घर पालेको समेत ल्याएर छाड्ने हुन्छ , त्यस्तो भेटिए पुनः फिर्ता लैजाने भन्ने छ’ श्रेष्ठले भन्नुभयो । अहिले सामान्य रुपमा तारबार सहित व्यवस्थापन कार्य गरिएको भएपनि पानीपर्दा गाईलाई ओतका लागि केही टहराको समेत आवश्कता रहेको श्रेष्ठले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्