8.1 C
Kathmandu
Flowers in Chania

नेतृ एवं सामाजिक अभियान्ता लक्ष्मी भट्टराईको निधन 

- Advertisement -

गैँडाकोट । महिला नेतृ एवं सामाजिक अभियान्ता गैँडाकोटकी लक्ष्मी भट्टराईको निधन भएको छ । गैँडाकोट ४ निवासी भट्टराईको यहि ६ गते सोमबार बिहान ५० वर्षको उमेरमा भारतको गोरखपुरमा निधन भएको हो ।

उहाँको पार्थिव शरीर बुधबार मात्रै गैँडाकोट ल्याइएको भिनाजु डिल्लीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँको विगत केही समयदेखी भारतको गोरखपुर स्थित आरोग्य मन्दिर प्राकृतिक चिकित्सालयमा उपचार हुँदै आएको थियो । उहाँको आजै अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको परिवारजनले बताएका छन् । उहाँका १ छोरा र बुहारी रहेका छन् । उहाँको श्रीमानको करिब ३० वर्षअघि जहाज दुर्घटनामा मृत्यु भएको थियो । 

भट्टराई गतवर्ष संविधान दिवसको अवसरमा नेपाल सरकारद्वारा सिफारिस भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री मानपदवीबाट सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो । 

उहाँ रातो अभियान सञ्चालन गर्ने नारी कल्याण एकल महिला पैरवी मञ्चको संस्थापक अध्यक्ष, विजय एफएमको पूर्व सञ्चालक सदस्य, सहमति संस्थाको उपाध्यक्ष, नेपाली काँग्रेस, रोटरी, लायन्स क्लब, गैँडाकोट खानेपानी, मुना सहकारी, सिग्देल बन्धु प्रतिष्ठान, कञ्चन आमा समूह लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो । 
 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्