8.1 C
Kathmandu
- Advertisement -
Banner

कावासाेती चैत ५-

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो ।

भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्