24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

चितवनमा पाटेबाघ मृतावस्थामा फेला

- Advertisement -Flowers in Chania

चितवन।

जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो ।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ । शनिबारै शव परीक्षण गरेर बाघको नमूना परीक्षण सुरु गरिएको छ ।

बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अङ्ग भेटिएको उनले जानकारी दिए। यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो । गत वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्