8.1 C
Kathmandu
Tuesday, March 21, 2023
Flowers in Chania
Flowers in Chania
Flowers in Chania
- Advertisement -Flowers in Chania
Banner

चितवन, चैत २-

नेकपा एमाले चितवनले सरकारले गरेको किसानले प्रयोग गर्ने रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग गरेको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आज एक विज्ञप्ति प्रेषित गर्दै सरकारले गरेको निर्णय फिर्ता लिएर किसानलाई थप अनुदान दिन माग गरेको हो ।

विज्ञप्तिमा गत फागुन २४ गते मन्त्रिपरिषद्को निर्णयले किसानलाई दिँदै आएको ७०.८२ प्रतिशत अनुदान ५९.४ प्रतिशतमा झारेर ११.८ प्रतिशतले कटौती हुदा सर्वसाधारण किसान मारमा परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ यो मुलुकमा ९० प्रतिशत भन्दा बढी जनता कृषिमा आधारित छन् । कृषि प्रधान मुलुकको सरकारले किसानको ढाँड भाँचिने गरी गरेको निर्णय बिडम्बनापूर्ण छ । यो जनविरोधी सरकार जनताका कुनै पनि समस्यामा संवेदनशिल छैन । यो त जनतालाई लुटेर देशलाई नै कमजोर बनाउने, आफ्ना मालिकको सेवामा तल्लिन हुने र जनताको जीवनलाई अस्तव्यस्त बनाउने अभियानमा क्रियाशिल रहेको छ ।’ विज्ञप्तिमा एमाले सर्वहारा किसान वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकोले किसान मजदूर वर्गको समस्या पार्टीले आफ्नो समस्याको रुपमा लिँदै आएको उल्लेख गरिएको छ ।

एमालेले अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिएर थप अनुदान दिन माग गरेको छ । अनुदान घटाउँदा बढ्ने रासयनिक मलको मूल्यले उत्पादन घटन् गई खाद्य सुरक्षामा गम्भिर असर पर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

- Advertisement -Flowers in Chania

ताजा खबर

- Advertisement -spot_img

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!