8.1 C
Kathmandu
Tuesday, March 21, 2023
Flowers in Chania
Flowers in Chania

उच्च रक्तचाप र न्यून रक्तचापको यसरी पहिचान गर्नुहोस्

Flowers in Chania
- Advertisement -Flowers in Chania


काठमाडौं ।

मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई नै रक्तचाप भनिन्छ । सामान्य रक्तचाप भनेको १२० र ८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ।
कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ। तब सामान्यतया ११५ र ७५को रक्तचापमा २० र १० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वर्षिय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ।  उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ ।
उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ। २० प्रतिशत बिरामी पक्षाघातबाट मृत्यु हुने गर्दछ।
खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन्। उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ। रक्तचापलाई जहिले पनि १३०र८०मा सीमित राख्नुपर्छ।
उच्च रक्तचापको प्रभावः उच्च रक्तचाप एक गम्भीर अवस्था हो जसमा हाम्रो मुटुले शरीरमा रगतलाई राम्ररी पम्प गर्न सक्दैन। यदि यो समस्यालाई समयमै नियन्त्रण गर्न सकिएन भने हृदयाघात, पक्षघात र मृगौला फेल हुने जस्ता समस्या हुन सक्छन्। उच्च रक्तचाप रिडिङहरू जहिले पनि १३० र ८०मा सीमित राख्नुपर्छ।
कम रक्तचापको प्रभावः कम रक्तचापको अवस्थामा, हृदयले शरीरमा औसत मानकभन्दा कम रगत पम्प गर्दछ। यो रोगमा बिरामीलाई धेरै समस्या हुन सक्छ । सामन्य रक्तचाप १२०र८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०र६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ ।
उच्च रक्तचापको लक्षणः उच्च रक्तचापको समस्यामा कुनै खास लक्षण हुँदैन । जसका कारण उच्च रक्तचाप सजिलै पत्ता लाग्दैन । उच्च रक्तचापका बिरामीलाई सुरुमा टाउको दुख्ने समस्या हुन्छ । उच्च रक्तचापको समस्या चिसो मौसममा बढी हुन्छ । यसले टाउको दुख्ने, असहज महसुुस हुने र धेरै पसिना आउने गर्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ।
कम रक्तचापको लक्षणः लो ब्लड प्रेसरका लक्षणहरूलाई लामो समयसम्म बेवास्ता गरिएमा व्यक्ति झट्का पर्न सक्छ। निम्न रक्तचापका लक्षणहरू यस्ता छन्।
–अत्यधिक थकान।
–चक्कर लाग्नु वा बेहोस हुनु।
–धमिलो दृष्टि।
–मनको अस्थिरता।
–चिसो छाला हुनु।
–छाला पहेंलो हुनु।
–धेरै तिर्खा लाग्छ।
उच्च रक्तचापबाट बच्ने उपायः
– नियमित स्वस्थ र सन्तुलित आहार लिनुपर्छ ।
–खानामा नुनको मात्रा घटाउनुपर्छ र पोटासियमको मात्रा बढाउनुपर्छ ।
–कम बोसोयुक्त खानेकुरा खानुपर्छ । फलफूल र तरकारी पनि खाने ।
–मोटोपनाले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ, त्यसैले तौल नियन्त्रण गर्नुहोस्।
–धुम्रपान र मद्यपानबाट बच्नुपर्छ ।
–चिल्लो कम खाने।
–वजन घटाउने।
कम रक्तचाप रोक्नका लागि सुझावहरूः
–धेरै भन्दा धेरै पानी पिउने, शरीरलाई हाइड्रेटेड राख्नुहोस्।
–रक्सी र धुम्रपानको सेवनबाट बच्नुहोस्।
–कार्बोहाइड्रेट कम खपत गर्नुहोस्।
–दिनमा थोरै–थोरै खाना खाइरहनुहोस् र सँगै पेट भरेर नखानुहोस्।
– पर्याप्त निन्दा लिनुपर्छ ।
– चिन्ताबाट टाढै रहनुपर्छ ।

- Advertisement -Flowers in Chania

ताजा खबर

- Advertisement -spot_img

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!