8.1 C
Kathmandu
Tuesday, March 21, 2023
Flowers in Chania
Flowers in Chania

नवलपुरमा मंगलबार देखि ‘एक चिहान’ नाटक मञ्चन हुँदै

Flowers in Chania
- Advertisement -Flowers in Chania

कासाेती, “एक चिहान” नाटक नवलपुरको कावासोतीमा रहेको पुन हलमा मञ्चन हुने भएको छ । भोलि (मंगलबार) देखि उक्त नाटक नवलपुरमा पहिलो पटक मञ्चन हुन लागेको छ । आभानी मिडिया प्रा.लिद्वारा सञ्चालित १०३.८ ह्याप्पी एफ.एमको आयोजना र पोखरा थियटरको सहकार्यमा नाटक फाल्गुन १६ देखि १८ गतेसम्म मञ्चन हुनेछ ।

उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानको यो उपान्यासलाई नाटकमा रुपान्तरण गरि नवलपुरमा मञ्चन गर्न लागिएको कार्यक्रमका व्यवस्थापक एवम् ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी दिनुभयो । थियटरमा नै उपस्थित भई नाटक हेर्दा विद्यार्थीहरुमा नाटक प्रतिको रुचिलाई थप उजागर गर्न मद्धत पुर्याउने विश्वास लिएको कडरियाले बताउनुभयो ।

 कावासोतीमा रहेको पुन हलमा मञ्चन गरिने नाटकको अहिले तयारी भइरहेको छ ।

नाटक मञ्चनमा १४ जना कलाकारको प्रस्तुति रहने “एक चिहान” नाटक मञ्चन कार्यक्रमका संयोजक तथा एफ.एमका स्टेसन म्यानेजर आदर्श सुशीलले बताउनुभएको छ। विद्यार्थीहरूले उक्त नाटक हरेर उपन्यासको समग्र विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले सहज रूपमा बुझ्न सक्ने उहाँले बताउनुभयो ।

 नाटक विद्यार्थी, शिक्षक, युवा, नेवारी समुदाय, वृद्धवृद्धा लगायत सबै समुदायका दर्शकहरूको लागी उपयुक्त हुने पोखरा थिएटरका निर्देशक परिवर्तनले बताउनुभएको छ ।  नवलपुरमा नाटक मञ्चन गर्न पाउँदा र पछिल्लो समय बालबालिका देखि बृद्धबृद्धाहरुमा नाटक प्रतिको रुचि देखेर खुशी लागेको बताउनुभएको थियो ।

नवलपुरमा पछिल्लो समय विद्यालयहरूले नाटक मञ्चनमा ईच्छुक देखाइरहेको बेलामा यस कार्यक्रमले झनै हौसला प्रदान गर्नेमा विद्यालयहरू आशावादी रहेका छन् । नाटक हेर्नको लागी विद्यार्थीहरुलाई २ सय र अन्यको लागी ३ सय रुपैंयाको टिकटको व्यवस्था गरिएको छ।

मंगलबार वटा विद्यालयका विद्यार्थीहरुले नाटक हेर्ने

फाल्गुन १६ अर्थात भोलि (मंगलबार) देखि नवलपुरको कावासोतीमा मञ्चन हुन गईरहेको “एक चिहान” नाटक कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ । आभानी मिडिया प्रा.लि १०३.८ ह्याप्पी एफ.एमको आयोजना र पोखरा थियटरको सहकार्यमा एक चिहान नाटक मञ्चन हुन लागेको हो ।

नवलपुरको कावासोतीमा रहेको पुन हल थियटरमा फाल्गुन १६ देखि १८ गतेसम्म नाटक मञ्चन हुनेछ । उपान्यासकार ह्दयचन्द्र सिंह प्रधानको उपन्यासलाई नाटकमा मञ्चन गरिँदै छ ।

फाल्गुन १६ गते मंगलबार तीन सो हुँदै छ । जसमा पहिलो सो को लागि लुम्बिनी आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुले नाटक हेर्ने छन् भने दोस्रो सो मा लक्ष्मी सेकेण्डरी स्कुल अमरापुरी, अम्मर ईङ्लिस बोडिङ्ग स्कुल रजहरका विद्यार्थीहरुले हेर्ने छन् । यसैगरि मंगलबारको अन्तिम सो नेपाल मोडल सेकेण्डरी स्कुल केउरेनी, बरचुली सेकेण्डरी स्कुल फारम र मुकुन्दसेन ईङ्लिस स्कुल भेडाबारीका विद्यार्थीहरुले नाटक हेर्ने छन् ।
नवलपुरमा थियटर नै बनाएर कलाकारहरुको उपस्थितिमा पहिलो पटक नाटक मञ्चन गर्न लागिएको कार्यक्रमका व्यवस्थापक एवम् ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी दिनुभयो ।

- Advertisement -Flowers in Chania

ताजा खबर

- Advertisement -spot_img

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!