24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

सरकार छाड्ने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता

- Advertisement -Flowers in Chania
सरकार छाड्ने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता

काठमाडौं : नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए । ‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर अभिव्यक्तिका कारण यो सरकारमा बसिरहनु उचित हुने हामीले देखेनौं’, उनले पत्रकारसँग भने । प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो । ‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो, स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ उपाध्यक्ष पौडेलले भने ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्