24.1 C
Kathmandu
Friday, May 24, 2024
Flowers in Chania

५ बजेको बैठकबाट चार दलले राष्ट्रपतिको उम्मेद्‌वार टुंग्‍याउने

- Advertisement -Flowers in Chania

काठमाडौँ- नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच भावी राष्ट्रपतिका विषयमा सहमति जुट्न सकेको छैन ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा दलका शीर्षनेताबीच भावी राष्ट्रपतिबारे सहमति जुट्न नसकेको हो । चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । जसकारण फेरि शुक्रबार साँझ बैठक बस्ने तयारीमा उक्त दलहरु छन् । 


बिहान साढे ८ बजेबाट चार घण्टा बसेको दलको बैठक सकारात्मक भएको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । उनका अनुसार बैठकमा दलहरुबीच विभिन्न विकल्पबारे छलफल भएको र यसबारे आ–आफ्नो दलभित्र छलफल गरेर पुनः शुक्रबार साँझ ५ बजे बैठक बस्नेछ । यही बैठकले राष्ट्रपतिको उम्मेद्‌वार टुंग्याउने भएका छन् ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता १३ फागुनमा हुने निर्वाचन तालिकामा उल्लेख छ

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्