8.1 C
Kathmandu
Tuesday, March 21, 2023
Flowers in Chania
Flowers in Chania

गैँडाकोटमा फागुन २१ गतेदेखि गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव हुने

Flowers in Chania
- Advertisement -Flowers in Chania

गैँडाकोट।

नवलपूरको गैँडाकोटमा यहि फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव आयोजना हुने भएको छ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव गैँडाकोट २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुनेछ।

महोत्सवको प्रचारप्रसारका लागि नवलपुर र चितवनका विभिन्न स्थानहरुमा स्वागतद्धार निर्माणको काम थालिएको जिल्ला उद्योग बाणिज्य संघ, नवलपुर गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।

११ दिनसम्म चल्ने महोत्सवको सहआयोजकमा जिल्ला उद्योग बाणिज्य संघ नवलपुर गैँडाकोट रहेको छ ।

महोत्सवमा  उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवाहरु गरी ३०० वटा स्टलहरु रहनेछन्।

महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।

- Advertisement -Flowers in Chania

ताजा खबर

- Advertisement -spot_img

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!