8.1 C
Kathmandu
Flowers in Chania

मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ : लामिछाने

- Advertisement -

कावासोती । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले आफूले कति योगदान गरे भन्ने थाहा नभए पनि देशले क्रिकेट जितेकामा खुशी लागेको बताएका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजको चार खेलमा नेपालले चारै खेल जितेको थियो । ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन ।

सन्दीपले सिरिजको चार खेलमा १३ विकेट लिएका थिए । पहिले, दोस्रो र तेस्रो खेलमा तीन–तीन विकेट लिएका सन्दीपले अन्तिम खेलमा ४ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनले पनि नेपाललाई सिरिज जिताउन महत्वपूर्ण भूमिका खेल्यो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्