24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

नहरमा हाम फालेका आमा सहित दुई छोराको शव फेला

- Advertisement -Flowers in Chania

(परासी) पश्चिम नवलपरासीको सुस्ता गाउपालिका २ हरकपुर स्थित गण्डक नहरमा डुबेर तीन जनाको मृत्यु भएको छ । स्थानीय तिर्थराम थारुको श्रीमती २९ बर्षकि प्रतिमा थारु आफ्नो ९ बर्षका कृस थारु र ७ बर्षको सुमित थारु सहित मंगलबार दिउसो नहरमा हाम फालेकी थिईन् । नहरमा बेपत्ता आमा छोराको खोजिकार्य गर्नेक्रममा हाम मालेको स्थान भन्द्या एक सय मिटर पश्चिममा तीन जना आमा छोराको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पान्डेका अनुसार कुर्ता सरवालको सलले दुई छोरालाई कम्मरमा बाधेको अवस्थामा शव फेला परेको छ । बच्चा सहित हाम्फालेकी महिलाको मानसिक अवस्था ठिक नभएको प्रारम्भिक जानकारी आएको र घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्