
नवलपुर ।
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अंग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटालाई प्रदान गर्ने भएको छ । डेढ दशकभन्दा बढी समयदेखि अंग्रेजी सम्पादनमा रही राससको उन्नयनमा उल्लेखनीय योगदान गरेवापत वरिष्ठ सम्पादक सापकोटालाई शाखाले उक्त पुरस्कामा प्रदान गर्ने निर्णय गरेको हो ।
यो पुरस्कार राससको वार्षिकोत्सवका अवसरमा आज (फाल्गुन ७) प्रदान गरिने भएको छ । शाखाका अध्यक्ष पवित्रा गुरागाईंको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिले उक्त निर्णय गरेको हो । गैंडाकोट– ८, नवलपुर निवासी सापकोटा स्थानीय सामाजिक विकास संस्था विजय विकास स्रोत केन्द्र–नेपाल लगायतका संस्थामा आबद्द रअहनुभाएको छ । पत्रकार सापकोटा विगत डेढ दशक अघिदेखि विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक र खुला सरकार सहकार्य प्रवर्धनको अभियानमा संलग्न हुनुहुन्छ ।