8.1 C
Kathmandu
Flowers in Chania

प्रमुख जिल्ला अधिकारीद्वारा विजय परिवारका संस्थाहरुको अवलोकन 

- Advertisement -

गैँडाकोट ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विजय परिवार अन्तर्गतका संस्थाहरु नमुना संस्थाका रुपमा रहेको पाएको बताउनुभयो । विजय परिवार अन्तर्गतका संस्थाले गरेका काम र प्रभाव ठूलो रहेको पाएको उहाँले बताउनुभयो ।

आइतबार विजय विकास स्रोत केन्द्र लगायत विजय परिवारका संस्थाहरुको अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले आफुले सोचे भन्दा फरक पाएको बताउनुभयो । नमुना संस्थाहरु भनेर परिचित रहेको सुनेको आधारमा बुझ्न आएको उहाँले बताउनुभएको थियो । संस्थाले गरेका कामबारे विजय परिवार अन्तर्गतका संस्थाहरुका अध्यक्ष एवं कार्यालय प्रमुखहरुले जानकारी गराएका थिए । 

जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भइ आउनुभएका कृष्णप्रसाद लम्साललाई स्वागत एवं शुभकामना व्यक्त गरेका थिए ।

विजय परिवारमा विजय विकास स्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी संस्था लि., विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि.( विजय एफएम र विजय खबर पत्रिका), विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.( विजय सामुदायिक शिक्षा सदन), विजय लघुवित्त वित्तीय संस्था लि., विजय कन्सल्टिङ प्रा.लि., विजयश्री उपभोक्ता सहकारी संस्था लि. (विजयश्री मिनिमार्ट) र विजय फाउन्डेशन रहेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्