नवलपुर । ज्ञानु पंगेनी
नवलपुरको बौदीकाली गाउँपालिकामा प्रशासनिक भवन निर्माणको काम अगि बढेको छ ।

पहाडी पालिका बौदीकाली गाउँपालिकाको कार्यालय भवनको काम अहिले १० प्रतिशत सम्पन्न भएको छ । अत्याधुनिक सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो । भुइँतलामा शिक्षा , स्वास्थ्य , कृषि लगायतका विभिन्न शाखाहरू हुनेछन् । पहिलो तलामा पालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृतको कार्यालय रहनेछ भने , दोश्रो तलामा बैठक कक्ष , न्यायिक इजलास कक्ष र कर्मचारीका लागि आवास कक्ष निर्माण गरिने अध्यक्ष ओझाले बताउनुभयो । लिफ्ट सुविधा सहित तीन अहिले तीन तले कार्यालय भवन निर्माण गरिनेछ ।
कामाख्या बिएम जेभि कोटेश्वरले दुई वर्षभित्र सम्पन्न गर्ने गरी गत वैशाखबाट काम सुरु गरेको हो । ६ करोड ३४ लाख , ४५ हजार ७८६ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।