8.1 C
Kathmandu
Flowers in Chania

राष्ट्र बैंकले भन्यो- आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नू

- Advertisement -

नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ।

राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्