घनश्याम वगाले
कावासाेती २९
जिल्ला स्थित विभिन्न राजनैतिक दलका नेता एवं प्रतिनिधिहरूले कार्यक्रममा प्रस्तुत आधार पत्रकाे खुलेर दलीय भावना राखेका थिए ।
यसैक्रममा राप्रपाका जिल्ला सचिव गुणाखर काफ्लेले संघीयता राज्यले थेग्नै नसक्ने बिषय हाे भन्दै याे गरूङ्गाे भारी फाल्नु अपरिहार्य रहेकाे बताउनु भयाे ।
यसै गरि एकीकृत समाजबादीका जिल्ला अध्यक्ष शालिकराम भट्टराईले संघीयता समाजमा पाच्य नभई रहेकाे अवस्थामा बामपंथीहरूले ठाेस परिस्थितिकाे ठाेस विश्लेषण गर्नु पर्ने धारणा राख्नु भयाे ।
नेपाल समाजवादी पार्टी जिल्ला समन्वयका अध्यक्ष कृष्ण गाैतमले बर्तमान शासकीय सवरूपमा मुलुक अघि बढ्न नसक्ने विचार राख्नु भयाे ।
नेकपा एमाले जिल्ला सदस्य भाेजराज दहालले गणतन्त्र आम नागरिकका लागि अपरिहार्य बिषय भएकाे बताउनु भयाे । वहाँले राष्ट्रियता हरेक नागरिकले अन्तर हृदयबाट गर्ने सम्मान हाे भन्नू हुदै जनताका आधारभूत कुरामा राष्ट्र गंभिर नहुदा राज्य र नागरिकका बिचमा दुरी बढेकाे भनाई राख्नु भयाे ।
कार्यक्रममा नेका महासमिति सदस्य झपेन्द्रेश्वर भुसालले संविधानमा प्रदेश सरकारकाे अधिकार माथि गरिएकाे कमजोर परिकल्पनाकै कारण संघीयतामा प्रश्न उठेकाे बताउनु भयाे ।
स्थानीय कुमारवर्ती बहुमुखी क्याम्पसका पूर्व प्रमुख समेत रहनु भएका राजनैतिक बिश्लेषक भुसालले विश्व भूमण्डलीकरणको परिवेशमा नीजिकरण,उदारीकरण र विश्वव्यापीकरणका कारण राष्ट्रियतालाई पुनर्परिभाषित गर्न जटिलता रहेकाे छ भन्नू भयाे ।
वहाँले महान राजनीतिज्ञ बिपी काेईरालाले राष्ट्रियता हावा पानी र माटाे मात्र हाेईन भनेझै झण्डै ५० लाख बढीकाे संख्यामा बिदेशमा रहेका नेपाली जनताकाे राष्ट्र प्रेम र देशभक्तिपनालाई हाम्रा छलफलहरूमा केन्द्रीत गर्नुपर्ने बताउनु भयाे ।
यसै गरि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रिययता लाेकतान्त्रिक आन्दोलनबाट प्राप्त अधिकार भएकाे बताउदै संघीयता यसमा नयाँ बिसय भएकाे जिकिर गर्नु भयाे ढुङ्गानाले संघीयता कुनै पनि आन्दोलनमा उठेकाे बिषय नभएकाे र नेपाली जनताकाे माग पनि नरहेकाे बताउनु भयाे । कार्यक्रममा बिकल्प पत्रिकाका सम्पादक जनकलाल तिवारीले आधारपत्र प्रस्तुत गर्नु भएकाे थियाे ।
राष्ट्रिय जनमाेर्चा नवलपुरले आयाेजना गरेकाे उक्त अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष बिकाराम चाैधरीकाे सवागत मन्तब्य राख्नु भएको थियाे भने कार्यक्रमकाे अध्यक्षता जनमाेर्चा जिल्ला अध्यक्ष दिपक भट्टराईले गर्नु भएकाे थियाे । कार्यक्रममा संचारकर्मी लगायत प्रबुद्ध वर्गकाे उपस्थिति रहेकाे थियाे ।