8.1 C
Kathmandu
Flowers in Chania

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

- Advertisement -

काठमाडौं ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल गर्न आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ।

बुधबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तापछि सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक तय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बस्न लागेको संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत र राष्ट्रपति निर्वाचनलगायतका एजेन्डामा छलफल हुने बताईएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्