8.1 C
Kathmandu
Tuesday, March 21, 2023
Flowers in Chania
Flowers in Chania

गैँडाकोटमा भोलीबाट मेयर कप क्रिकेट प्रतियोगिता हुँदै 

Flowers in Chania
- Advertisement -Flowers in Chania

गैँडाकोट ।

गैँडाकोटमा भोलीबाट सुरु हुने दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार ११ बजे नवलपुर र पर्वतबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी ८ टिमको सहभागिता रहेको छ । 

फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आज दिउँसो २ बजेदेखी मोटरसाईकल र् याली गर्न लागिएको आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । आईतबार बिहान १० बजे नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताको उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो । खेलाडीहरुलाई होटल पाल्पाली, अम्रेला होटल र पौडेल होटलमा निःशुल्क खाने बस्ने व्यवस्था मिलाइएको प्रतियोगिताका सञ्चार संयोजक एवं आयोजक संस्थाका सचिव नारायण सापकोटाले जानकारी दिनुभयो । 

रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र एवं उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, ईमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई ५/५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ सय, कप तथा मेडल प्रदान गरिने छ । 

- Advertisement -Flowers in Chania

ताजा खबर

- Advertisement -spot_img

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!