24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

सिमसार संरक्षणमा गैँडाकोटका सामुदायिक वन

- Advertisement -Flowers in Chania

गैँडाकोट

गैँडाकोटमा सामुदायिक वनहरु बहु उपयोगी सिमसार संरक्षणमा जुटेका छन् । 

जीव जन्तुका लागि खानेपानीको स्रोत वृद्धिदेखी सिंचाई एवं जैविक विविधताका लागि अति उपयोगी यस्ता क्षेत्रको संरक्षणमा सक्रियता देखाएका हुन् । गैँडाकोट नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वन मध्ये अहिले ९ वटा सामुदायिक वनमा सिमसारको संरक्षण एवं निर्माण थालिएका छन् । सिमसार क्षेत्र संरक्षणका लागि अभियान स्वरुप धमाधम काम चलिरहेका छन् । त्यसमध्ये केही नमुना योग्य समेत रहेका छन् । 

‘एक सामुदायिक वन, एक सिमसार क्षेत्र’को अवधारणा अनुरुप वनले सिमसार बनाउँदैछन् । निर्माण गरिएका सिमसारले जलवायू परिवर्तनको असरको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने संरक्षणकर्मीहरुको भनाई छ । सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता महशुस गरिएको छ । संरक्षणकर्मीहरुले सिमसार मानव जीवनसँग जोडिएको बताउँदै पानीको स्रोत समेत रहेको बताउँदै आएका छन् ।

गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले समुदायभित्र रहेका ताल तलैया संरक्षण एवं सिमसार निर्माणले जीवलाई सहज बनाउँदै जाने र यसको महत्त्व बढ्दै जाने बताए । गैँडाकोटमा रहेका तालको जर्गेना गर्न सके यसले टेवा दिने उनको विश्वास छ । 

सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले जैविक विविधता संरक्षणमा सिमसारको महत्त्व रहेको बताउँदै विकास निर्माणका कार्यक्रम अघि बढाउँदै गर्दा यस्ता क्षेत्रका संरक्षणमा ध्यान दिन आग्रह गरे ।

सिमसार निर्माणमा सघाउ पु¥याउँदै आएको सहमतिका उपाध्यक्ष नगेन्द्र रिजालले अहिले पानी सुक्दै जाने अवस्था आएकाले सिमसारको जगेर्ना गर्न आवश्यक रहेको बताए । 

सब डिभिजन वन कार्यालय गैँडाकोटका फरेष्टर दिनेश केसीले सिमसार क्षेत्रको आवश्यकता हरेक वनक्षेत्रमा रहेको बताए । उनले सिमसार नभएको वन क्षेत्रमा पनि पानीको स्रोत त्यहाँसम्म पु¥याएर सिमसार बनाउन सकिने सुझाएका छन् । 

पानी सुक्दै जाने अवस्था आउन नदिन सिमसारको जगेर्ना गर्न आवश्यक रहेको संरक्षणकर्मीको भनाइ छ । तर यसका लागि उपभोक्ता र वन समितिलाई सचेत बनाउनुका साथै राष्ट्रिय वन क्षेत्रभित्रको सिमसार सुरक्षाका लागि सरकारले विशेष कदम चाल्नुपर्ने सरोकारवाला  बताउँछन् ।

सिमसार निर्माण गरिएपछि १० कठ्ठा क्षेत्रफलमा कृषि गर्दै आइरहेका गैँडाकोट ११ का गोपी नेपालीले सिँचाइ र पिउने पानीको अभाव नभएको सुनाए । उनले भने, “सामुदायिक वनमा सिमसार क्षेत्रको संरक्षण गरिएपछि कुवामा पनि अनि मोटरबाट समेत पानी आउन थालेको छ । यसैबाट सिँचाई पनि गरेका छौँ ।” 

देशभर करिब ७ लाख ५० हजार हेक्टर क्षेत्रफलमा सिमसार फैलिएको तथ्याङ्क रहेको छ । जनसङ्ख्या बढेसँगै सिमसार माथिको अतिक्रमण पनि बढिरहेको बताइरहँदा सामुदायिक वनका यस्ता कार्यलाई प्रशंसा गरिएको छ । कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षणमा सिमसार क्षेत्रको भूमिका छ । 

नारायणी सामुदायिक वनले अहिले २ वटा सिमसार क्षेत्रको संरक्षण गरिरहेको छ । अहिले पानीका मुहान सुक्ने समस्या भयो । पहिले विं.स. २०५२ साल अघि जङ्गल पातलो थियो । जब समुदायमा संरक्षणको जिम्मा हस्तान्तरण आयो तब वन क्षेत्र बाक्लो हुँदै गयो । तब जङ्गलका चराचुरुङ्गी र जनावरका लागि पनि समस्या भयो । त्यसैले पनि हामी सिमसारको संरक्षणमा जुटेका छौँ । यसले पानीका मुहान बढ्ने भएपछि मानवदेखि वन्यजन्तु लगायतलाई सहज भएको छ । डिभीजन वन कार्यालय कार्यालयको १ लाख र वन समूहको साढे ३ लाख लगानीमा वनदेवी मन्दिरमा सिमसार सुरु गरेका छाँै । नारायणी सामुदायिक वनको पिकनिक स्थल नजिकै रहेको तालको संरक्षणका लागि वन विभाग बबरमहल काठमाडौँको १२ लाख सहयोगमा सिमसार संरक्षण गरेका छौँ । त्यसको संरक्षणका लागि थप बजेट छुट्टाएर अगाडी बढेका छौँ । हालसम्म नारायणी सामुदायिक वनले सिमसार क्षेत्रको संरक्षणकै लागि भनेर २० लाख बढी लगानी गरिसकेको छ । अहिले २०७९/८० का लागि साढे ८ लाख बजेट छुट्याएको छ । वन विभाग, प्रदेश र अन्य निकायमा सिमसार संरक्षणको सहकार्यका लागि काम गरिरहेको छ । 

मौलाकाली सामुदायिक वनले सिमसार क्षेत्रको संरक्षणमा तदारुकता दिएको छ । अहिले ३ स्थानमा सिमसार क्षेत्र बनाएर संरक्षण गरेको छ । प्रदेश, स्थानीय तह, डब्लुु डब्लु एफ र सहमतिको सहयोगमा संरक्षणको काम गरेका छौँ । मौलाकाली सामुदायिक वनमा ६ स्थानमा सिमसार क्षेत्र छन् । त्यसमध्ये मुख्यगरी ३ वटा क्षेत्रलाई प्राथमिकतामा राखी संरक्षणलाई अगाडी बढाएको छौँ । मौलाकाली वनले करिब १० बर्षदेखि सिमसार संरक्षणको अभियानलाई अगाडी बढाएको छ । ५ बर्षदेखि सिमसार संरक्षणको कामले निरन्तरता पाएको छ । सिमसार क्षेत्रको संरक्षणले मानव र बन्यजन्तु, चराचुरुङ्गीलाई सहज भएको छ । खोलामा लामो समयसम्म पानी रहेको छ । पानीको मुहान बढेको छ । गण्डकी प्रदेश, नगरपालिका लगायतका विभिन्न संघ संस्था र वन समूहकै लगानीमा सिमसार संरक्षणलाई अगाडी बढाएका छौँ । हालसम्म सिमसार संरक्षण भनेर नै ४३ लाख लगानी भएको छ । साथै चोहार खोला ड्यामका लागि डेढ करोडको लागतमा संरक्षण चलेको छ । यो ठूलो बजेट भएकाले श्रोत जुटाउन काम गरिरहेका छौँ । साथै प्रत्येक आर्थिक वर्षमा वनले पनि बजेट छुट्टाएर काम गरिरहेको छ । 

जयश्री सामुदायिक वनले सिमसार संरक्षणका लागि वन क्षेत्रभित्रका खोला नाला संरक्षण गरिरहेको छ । राष्ट्रपति चुरे तराई मधेश विकास समितिले १५ लाख सहयोग गरेको थियो ।  वन समूहको ३ लाख गरेर हालसम्म सिमसार संरक्षणमा १८ लाख बढी खर्च गरेको छ । भू–क्षय रोक्नलाई खोला नाला संरक्षण गरेर अगाडी बढेको छ । सिमसार क्षेत्रमा पानी कायम राख्नका लागि काम गरिरहेको छ । सिमसार क्षेत्रले खानेपानीको मुहान बढेको, सिमसार क्षेत्रको संरक्षणपछि स्थानीयले सिँचाइका लागि पानी सहज भएको छ । यसले स्थानीयवासीका लागि आयआर्जनको माध्यम बन्दै स्थानीय तहमा अर्थतन्त्रमा आत्मनिर्भर बन्ने छ भन्ने विश्वास लिएका छौँ । भावी सन्तानको सुन्दर भविष्यका लागि पनि यसको संरक्षण गर्न जरुरी छ । एकदमै महŒव बोकेको सिमसार क्षेत्रको अस्तित्व र महŒवलाई हामी सबैले बुझ्नु जरुरी रहेको छ । भू–क्षय घटाउन, पानीको मूहान बढाउन, चराचुरुङ्गी, जङ्गली जनावरलाई पानी हुने यस्तै विभिन्न फाइदा सिमसारले नै हुनेछ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्