8.1 C
Kathmandu
Flowers in Chania

पोखरामा पनि आत्मदहको प्रयास, घाइतेको अस्पतालमा उपचार हुँदै

- Advertisement -

पोखरा
केही दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना भएको छ । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ ।


उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर सुवास तिमिल्सिनाले जानकारी गराए । काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेका असपाताल पु¥याएका हुन् ।


‘दुवैले शरिरमा आगो लागिरहेको बेला छिमेकिहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ एक प्रत्यक्षदर्शीले भने ।


कृष्णबहादुर क्षेत्री बाथरुप भित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको एक स्थानीयले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्