कावासाेती माघ १५
नेपाल भारत मैत्री संघ नवलपुरले खाद्य सामग्री वितरण गरेको छ । मित्र राष्ट्र भारतको ७३औं गणतन्त्र स्थापना दिवशका अवशरमा संघले कावासोतीमा रहेको मौलाकाली अपाङ्ग सेवा संस्था रहेका अपाङ्गहरुकालागि खाद्यान्न सामग्री संस्थाका अध्यक्ष कृष्ण कुमार रोकालाई हस्तान्तरण गिरिएको हो । सो अपाङ्ग सेवा संस्थामा १४ जना अपाङ्ग तथा बालबालिका रहेका छन् । कार्यक्रममा नेपाल भारत मैत्री संघ नवलपुरका अध्यक्ष बालकृष्ण घिमिरे, उपाध्यक्ष अर्जुन प्रसाद काफ्ले संघका सचिव खगराज सापकोटा, दुर्गा रिजाल, भोजराज दहाल, युवराज भटराई लगाएतको उपस्थिति रहेको थियो ।