24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

‘अनुशासनले राष्ट्रिय एकता कायम हुन्छ’  

- Advertisement -Flowers in Chania

मध्यबिन्दु, माघ (रासस) :
राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय हात्तीखोरबाट वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त कवाज समारोहमा दीक्षितलाई सम्बोधन गर्दै उपरथी कार्कीले निःस्वार्थ सेवा भावबाट सर्मपित भई देशभक्त नागरिक हुनुपर्नेमा जोड दिनुभयो ।

तालिममा सिकेका सीपले भविष्यमा आउनसक्ने चुनौतीलाई सहजरुपमा सामना गर्न सहयोगी हुने विश्वास लिएको उपरथी कार्कीले बताउनुभयो ।

राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त समारोहमा सिनियर डिभिजन (१७ ब्याजका) पाँच सय ५२ जना क्याडेट दीक्षित भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अनिल महतले बताउनुभयो ।

तालिममा ललितपुर, भक्तपुर र काठमाडौँका १६ विद्यालयका छात्र र छात्राको सहभागिता थियो । सहभागीमध्ये उत्कृष्ट २२ जना छात्र र छात्रालाई दज्यानी चिन्हसमेत प्रदान गरिएको थियो ।

राष्ट्रिय सेवा दलको एक सय दिनको तालिममध्ये ७९ दिन विद्यालय र २१ दिन नेपाली सेनाको क्याम्पमा नै लगेर सिकाइन्छ । जहाँ सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्ने शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी महतले बताउनुभयो ।

राष्ट्रप्रति समर्पित, राज्य संस्थाप्रति सम्मान गर्ने देशभक्त नागरिक निर्माण गर्ने उद्देश्यले २०२२ देखि राष्ट्रिय सेवा दलको स्थापना भएको हो । अहिले प्रत्येक वर्ष सात हजार सात सय राष्ट्रिय सेवा दलका क्याडेट तयार हुँदै आएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्