18.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा सिँचाइका लागि बनाइएका डिप बोरिङ अलपत्र

- Advertisement -

नवलपुर ।

ज्ञानु पंगेनी

 समन्वय नगरी काम गर्दा नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) नवलपुरमा कृषि क्षेत्रमा गरेको लगानी खेर जाने अवस्थामा पुगेको छ ।

यहाँका कृषियोग्य भूमि सिँचाइका लागि गाडिएको डिप बोरिङ अलपत्र अवस्थामा पुगेका छन् । सरकारका विभिन्न निकायबाट सिँचाइ गर्न भनी जिल्लाका विभिन्न पालिकाहरूमा डिप बोरिङ गाड्ने काम ग¥यो तर, बोरिङ सञ्चालन गर्न विद्युत् नपुग्दा त्यस्ता  डिप बोरिङ अलपत्र अवस्थामा पुगेका छन्

कावासोती नगरपालिका १४ हर्वासी फाँटको खेतीयोग्य जमिनमा सिँचाइ गर्न भनी गण्डकी प्रदेशको जलश्रोत तथा सिँचाइ मन्त्रालयले तीन वर्ष अघि डिप बोरिङमा लगानी गरेको थियो । तर, बोरिङमा मोटर  सञ्चालन गर्न विद्युत् नहुँदा किसानले सिँचाइ गर्नबाट बञ्चित  भएका छन् । यस क्षेत्रको ८४ बिगा क्षेत्रफलमा सिँचाइ गर्न भनी तीन वटा बोरिङ गाडिएको किसान राजु देवकोटाले बताउनुभयो । अहिले ती बोरिङ खिया लागेर  नष्ट हुने अवस्थामा पुग्न लागेको उहाँको भनाई छ । बोरिङसम्म विद्युत् पु¥याउन १५ वटा पोलको आवश्यकता रहेको देवकोटाले बताउनुभयो । तर , त्यसका लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट बञ्चित भएको उहाँले गुनासो गर्नुभयो ।

विद्युत् पु¥याउनका लागि  स्थानीय जनप्रतिनिधिलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको उहाँले बताउनुभयो । विद्युत् कार्यालय कावासोतीमा निवेदन  समेत दिएको उहाँले बताउनुभयो ।

कावासोती मात्रै होइन जिल्लाको मध्यविन्दु , देवचुलीका विभिन्न स्थानमा समेत सरकारको लगानीमा बनाइएका बोरिङ सञ्चालनमा आउन सकेका छैनन् । मध्य विन्दुका किसान दुर्गा भुर्तेलले कृषियोग्य भूमि सिँचाइ गर्न भनेर गाडिएका कतिपय बोरिङ  सञ्चालन हुन नसकेको बताउनुभयो । बोरिङ सञ्चालन गर्न विद्युत् चाहिने तर , सरकारबाट बोरिङलाई लगानी हुने विद्युत्का लागि बजेट कही कतैबाट पनि नहुने हुँदा यस्तो समस्या आएको उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका दुईमा पनि चार लाख खर्चेर बनाइएको डिप बोरिङ अलपत्र परेको  छ ।

नेपाल विद्युत्  प्राधिकरण कावासोतीका कार्यालय प्रमुख अमृत कुमार कर्णले कार्यालयसँग समन्वय नहुँदा सिँचाइका बोरिङमा विद्युत् उपलब्ध गराउन समस्या हुने गरेको बताउनुहुन्छ । ‘काम गर्दा हामीसँग समन्वय भयो भने परिणाम निकाल्ने गरेर काम गर्न सकिन्छ ।  हामीले यस्तो खाले मोटर  राख्ने प्लान गर्दैछौँ सकिन्छ सकिँदैन ? विद्युत्बाट लगानी गर्न के कसो हुन्छ ? भनेर मात्रै सोधेमा पनि हामीले त्यसका लागि आवश्यक सुझाव दिन्छौ । ’ कर्णले भन्नुभयो – ‘ हामीसँग कुनै समन्वय हुँदैन एकै पटक मोटर राखेपछि कुरा आउँछ । प्राधिकरणसँग बजेटको व्यवस्था हुँदैन त्यसैले समस्या हुन्छ । बोरिङ गाड्न मात्रै नभई तारपोल विद्युत्को  लागि पनि एकै पटक बजेट बिनियोजन भएमा यस्तो समस्या हुँदैन । ’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्