18.1 C
Kathmandu
Flowers in Chania

राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला

- Advertisement -

कावासोती माघ १३

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुने बताउनु भएको छ ।

बिहिबार निर्वाचन क्षेत्र रहेको पुर्वी नवलपरासीको कावासोती आउनु भएका कोइरालाले सञ्चारकर्मीहरु सँगको कुराकानीमा देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गर्नु भएको हो ।

कांग्रेस नेतृत्वको सरकारले स्थानिय तह, प्रदेश र संघीय निर्वाचन सफलता पुर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको बताउदै नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपतिको राष्ट्रिय सहमतिमा चयन हुने बताउनु भयो ।

राष्ट्रिय सहमति बनाउनका लागी संसदको ठूलो दल कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको बताउदै नेता कोइरालाले कांग्रेसले प्रस्ताव गरेको पात्रनै राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्ने दाबी गर्नु भएको हो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्