18.1 C
Kathmandu
Flowers in Chania

केउरेनीको संजीवनी सहकारीबाट करिब १ लाख बराबरको सामग्री चोरी 

- Advertisement -

देवचुली,
देवचुली नगरपालिका वडा नं ३ केउरेनीमा रहेको एक सहकारी संस्थामा गएराती चोरी भएको छ । संजीवनी बचत तथा ऋण सहकारी संस्थाबाट करिब १ लाख बराबरको सामग्री चोरी भएको संस्थाका अध्यक्ष दुपनारायण पौडेलले जानकारी दिनुभयो ।

संस्थाको दायाँ साईडमा रहेको च्यानल गेटको ताल्चा फोरेर चोर भित्र पसेको बताइएको छ । चोरले संस्थामा रहेको ६५ के.जीको सेफ (लकर), सि.सि.टिभि डिभाइस, ३ हजार ५ सय ७५ रुपैंया नगद चोरी गरेको अध्यक्ष पौडेलले हेर्नेपाटीलाई बताउनुभयो ।सहकारीमा चोरी भएको बारे बिहान अफिस टाईममा मात्रै थाहा पाएको जनाइएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रजहरबाट भीमसेन घिमिरे सहितको टोली खटिएको थियो । घटनाको विषयमा अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्