8.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा ६ महिनामा पुँजीगत खर्च ९ प्रतिशत,राजश्व संकलन १३ अर्ब

- Advertisement -

नवलपुर , माघ ६

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजीगत खर्च ९ प्रतिशत भएको छ । संघीय सरकार र प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि प्राप्त कुल बजेट अन्र्तगत पुँजीगत तर्फ ९ प्रतिशत र चालुतर्फ भने कुल बजेटको ४८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख कोष नियन्त्रक राम बहादुर केसीले बताउनुभयो ।
नवलपुरका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट चालुतर्फ रु. ६ अर्ब ९ करोड १६ लाख र पुँजिगततर्फ रु. ४ अर्ब ७५ करोड ६४ लाख बजेट प्राप्त भएको थियो । जसमध्ये चालु तर्फ ३ अर्ब १० करोड २५ लाख अर्थात ५१ प्रतिशत खर्च भएको छ । तर चालु खर्चको तुलनामा पुँजिगत खर्च निक्कै न्यूनमात्र भएको छ । संघीय सरकारबाट चालुतर्फ प्राप्त बजेट मध्य ६ प्रतिशत मात्रै अर्थात रु. २७ करोड ६० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख कोष नियन्त्रक केसीले बताउनुभयो । समग्रमा संघीय सरकारबाट प्राप्त बजेट मध्य हालसम्म ३१ प्रतिशत बजेट खर्च भएको छ ।
गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट अन्र्तगत चालुतर्फ २३ प्रतिशत र पुँजिगततर्फ १८ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारबाट जिल्लामा चालुतर्फ रु. ७० करोड २८ लाख बजेट प्राप्त भएकोमा रु. १६ करोड ४५ लाख खर्च भएको छ । यसैगरी पुँजिगततर्फ रु. १ अर्ब ५३ करोड ८९ लाख बजेट प्राप्त भएकोमा छ महिनामा रु. २८ करोड ३ लाख खर्चभएको प्रमुख कोष नियन्त्रक केसीले बताउनुभयो ।
यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा नवलपुरबाट संघीय सरकारका लागि रु. १२ अर्ब ७३ करोड राजश्व संकलन भएको प्रमुख कोष नियन्त्रक केसीले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा गण्डकी प्रदेश सरकारलाई नवलपुरबाट रु. २४ करोड २५ लाख राजश्व संकलन भएको छ ।
संघीय सरकारका लागि प्राप्त राजश्वमा मुख्यगरि राजश्व संकलन गर्ने कार्यालयमा आन्तरिक राजश्व कार्यालय मार्फत रु. १२ अर्ब ५५ करोड, जिल्ला प्रशासन कार्यालय मार्फत रु. ५ करोड , जिल्ला ट्राफिक कार्यालय मार्फत रु. ९५ लाख र नवलपुर जिल्ला अदालत माफत रु. ५९ लाख रहेको छ ।
प्रदेश सरकारतर्फ राजश्व आर्जन गर्ने मुख्य कार्यालयहरूमा यातायात व्यवस्था कार्यालय मार्फत रु. १५ करोड २० लाख, डिभिजन वन कार्यालय मार्फत रु. ४ करोड १७ लाख, मालपोत कार्यालय मार्फत रु. ४ करोड ९ लाख र घरेलु कार्यालय मार्फत रु. ४० लाख रहेको प्रमुख कोष नियन्त्रण केसीले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्