24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

चौथो देवचुली महोत्सव आजदेखि सुरु हुँदै

- Advertisement -Flowers in Chania

देवचुली, माघ ५
उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा चौथो देवचुली महोत्सव आजदेखि देवचुली १६ फारम, बरचुली मा.विको खुल्ला मैदानमा सुरु हुँदै छ । महोत्सवको गण्डकी प्रदेशका मन्त्री एवम् नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सव उद्घाटन अघि देवचुली १६ रजहर स्थित देवचुली मा.विको खुल्ला चौरबाट बाजागाजा, साँस्कृतिक झाँकी, विभिन्न संघसंस्थाका ब्यानर सहित बृहत शोभायात्रा हाईवेदेखि दक्षिणतर्फको दोस्रो बाटो प्रयोग गरिने तयारी भईरहेको महासचिव विनोद सिलवालले हेर्नेपाटीलाई बताउनुभयो । महोत्सव आगामी माघ १५ गतेसम्म चल्नेछ ।

वि.सं २०७३ सालदेखि महोत्सव गर्दै आईरहेको छ । देवचुली नगरपालिकाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वास्थय क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडीले जानकारी गराउनुभयो ।

महोत्सवमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि र पर्यटनको सिकाइ प्रदर्शनी रहनेछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्