18.1 C
Kathmandu
- Advertisement -

देवघाट, पुस २९–

पवित्र धार्मिकस्थल देवघाटमा माघ १ गते लाग्ने माघे संक्रान्ति मेला व्यवस्थापनको तयारी पुरा भएको छ । मेलामा भक्तजनको भिड लाग्ने भएकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीको संयोजकत्वमा मेला व्यवस्थापन मुल समिति २०७९ गठन गरिएको छ ।मेलामा तीर्थयात्रीलाई सरल, सहज र सुरक्षित होस् भनेर चितवन, तनहुँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुखबीच समन्वय गरिएको छ । मेला व्यवस्थापन मुल समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी व्यवस्थापनको तयारी बारे जानकारी गराएको हो ।

तीर्थस्थलमा जानका लागि तीर्थालुलाई रामनगर–ठिमुरा हुँदै देवघाट पुग्ने बाटोको व्यवस्था गरिएको छ । त्यस्तै दासढुंगाबाट पनि देवघाट पुग्न सकिने मेला व्यवस्थापन समितिका संयोजक अधिकारीले जानकारी दिए । मेलाबाट फर्किने तीर्थालुलाई बागीश्वरी हुँदै आँपटारी निस्कने बाटोको व्यवस्था गरिएको छ ।

धुम्रपान, माँस–मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ भने डुंगा र ¥याफ्टिङबाट नदी पार गर्दा एकतर्फीको भाडा ३५ रुपैयाँ कायम गरिएको छ । देवघाटमा आजदेखि तीन दिनसम्म विद्युत अविच्छिन्न प्रवाह हुने व्यवस्था मिलाइएको छ ।

बेणीमा नुहाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्येनजर गर्दै आकस्मिक उद्धारका लागि दुई वटा काठका डुंगा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय र नेपाली सेनाको कालीबहादुर गणबाट गरी दुई÷दुई वटा उद्धार ¥याफ्टिङको व्यवस्था गरिएको उनले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्