18.1 C
Kathmandu
- Advertisement -

काठमाडौं,पुस २९-

क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रबार धरौटी राखेर निस्किने जानकारी दिए ।“२० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । शुक्रबार हामी धरौटी राखेर निकाल्छौँ,” उनले भने । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई विदेश जान पनि रोक लगाएको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरे पनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्