24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

सुनवलमा ट्रक र पिकअप भ्यान ठक्क्र : एक जनाको मृत्यु

- Advertisement -Flowers in Chania

पश्चिम नवलपरासीको सुनवलमा आज विहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सुनवल नगरपालिका ४ स्थित जंगलमा ना ४ च ९६३१ नम्बरको पिकअप भ्यान र विपरित दिशाबाट आईरहेको ना ५ ख ९७१५ नम्बरको ट्रक एक आसपमा ठक्कर खादा सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार पिकअप भ्यानका चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगरका ५२ वर्षीय राज कुमार बि.क को मृत्यु भएको हो । दुर्घटनामा घाईते विकलाई उपचारको लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी लगिएकोमा उपचारकोक्रममा मृत्यु भएको हो । घाईते भएका भरतपुर महानगरपालिका १४ शिवनगरका शिव श्रेष्ठको रुपन्देहीको देवदह मेडीकल कलेजमा उपचार भैरहेको छ । अत्याधिक चिसो र हुस्सुको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्