24.1 C
Kathmandu
Friday, June 14, 2024
- Advertisement -Flowers in Chania

चितवन, पुस २८–

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए । उनले विमानस्थलमा भिआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण निस्कने बाटो प्रयोग गरेका थिए । उनले पत्रकार सम्मेलन पनि विमानस्थल अगाडिको परिसरमा गरेका छन् । लगत्तै उनि आफूले निर्देशन दिएको सडकको अवस्था हेर्न भरतपुर ४ स्थित धर्मचोक पुगेका छन् । उनि आज चितवनमा आधा दर्जन कार्यकक्रममा सहभागी हुँदैछन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्