18.1 C
Kathmandu
Flowers in Chania

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटियो

- Advertisement -

पुस २८,(रासस)
यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो । “गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटियो”, उहाँले भन्नुभयो ।
चरा गणनाका क्रममा अहिले सम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडीया’ नामको पक्षी पनि अहिँले भेटिएको चौधरीले बताउनु भएको छ ।
गत वर्ष नदेखिएका विभिन्न चार प्रजाति चरा यस वर्ष देखा परेको संयोजक चौधरीले बताउनुभयो ।
“यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्” संयोजक चौधरीले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यि प्रजातिका चरा गणना भएका थिएन्न् ।”
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चराहरु पाइने गरेका छन् । ति मध्य नारायणी नदी क्षेत्रमा यस वर्ष ४३ प्रजाती फेला परेको जनाइएको छ ।
नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो ।
सिघ्रौली देखी अमलटारी,सिघ्रौली देखी पिठौली ,पिठौली देखी अमलटारी र अमलटारी देखी त्रिवेणी गण्डक व्यारेज सम्म गरि चार समुहमा चरा गणना गरिएको हो ।
गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भीक अनुमान गरिएको छ ।
“यो वर्ष पनि समग्रमा चराको संख्या घटेको पायौ” , चौधरीले भन्नु भयो “प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको संख्या घटिरहेको छ । ”

साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उहाँले बताउनुभयो ।
“कुनै प्रजातिका चरा गतभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएको छ “चौधरीले भन्नु भयो “यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेको छ ।”
निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्