18.1 C
Kathmandu
Flowers in Chania

क्रस बोर्डर नेपालद्वारा अम्रसामा जाडोमा न्यानो स्विटर वितरण

- Advertisement -

प्रिय धन ।पुस २०

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श नमुना आधारभूत विद्यालयमा न्यानो स्विटर वितरण गरिएको छ । क्रस बोर्डर नेपालको सहयोगमा विपन्न परिवारका २० जना विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी नुभयो। कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथिका रुपमा रहनुभएका क्रस बोर्डर्स नेपालका अध्यक्ष भरत प्रसाद वस्तीले आफुले लामो समयदेखि विद्यालयको क्षेत्रमा कार्य गरेको बताउंदै आगामी दिनमा पनि अन्य सुविधाका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा समाजसेवी गणेश प्रसाद वस्ती , विद्यालय व्यवस्थापन समितिका अध्यक राम प्रसाद पोख्रेल , प्रधानाध्यापक ऋषिराम भुसाल , विद्यार्थी , शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । संस्थाले विद्यालयलाई सहयोग गरेकोमा अध्यक्ष पोख्रेल र प्रधानाध्यापक ऋषिराम भुसालले आभार प्रकट गर्नुभएको थियो िविद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षतामा चलेको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक प्रिय धनले गर्नुभएको थियो। आफ्ना बाबुनानीहरुले स्विटर प्राप्त गरेपछि अभिभावकहरु भने खुसी भएका थिए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्