24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

हुप्सेकोट गाउँपालिकाको गाउँ गाउँमा एकीकृत सेवा

- Advertisement -Flowers in Chania

पुस २० ,हुप्सेकोट

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले वडामै एकीकृत शिविर सञ्चालन गरि सेवा दिन थालेको छ । गाउँपालिकाको विकट पहाडी वडाहरुमा एकीकृत शिविर सञ्चालन गरि वडामै गाउँपालिकाको सेवा दिन सुरु गरिएको हो ।
वडा तहका योजनाहरुको सम्झौता गर्न उपभोक्ताहरु गाउँपालिका कार्यालयमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै वडामा घुम्ति शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो । “उपभोक्ता समितिलाई बारम्बर गाउँपालिका धाउनुपर्ने बाध्यताको अनत्य भएको छ भने खर्च र समयको समेत बचत भएको छ” अध्यक्ष पाण्डेले भन्नु भयो ।
पहिलो चरणमा हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालय मौलाथरमा घुम्ति शिविर संचालन गरिएको छ । त्यहाँ बाट गाउँपालिका कार्यालय आउन पाँच घण्टा भन्दा वढि समय लाग्दछ् । एकीकृत शिविरमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बस्याल सहित कर्मचारीको टोलीले गाउँपालिकाको सेवा प्रदान गरेको थियो ।

गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार चालु आर्थिक वर्षका स्वीकृत योजना सम्झौता गर्न वडामा घुम्ती शिविर संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बस्यालले बताउनुभयो । “गाउँपालिकाको कार्यालय पूग्न घण्टौ लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर गाउँपालिकाको सेवा दिएको हो”प्रमुख प्रशासकिय अधिकृत बस्यालले भन्नु भयो “अब वडा वासीलाई काम सम्पन्न गरेपछि एक पटक मात्रै गाउँपालिका कार्यालय पुग्ने गरी वडामा घुम्ती शिविर मार्फत सेवा प्रदान गरेका छौ ।”
गाउँपालिकाको विकट क्षेत्रका स्थानीयको समस्यालाई मध्यनगर गर्दै अन्य वडामा पनि घुम्ती शिविर संचालन गर्ने गाउँपालिका उपाध्यक्ष पुर्ण सिंह रानाले बताउनुभयो

चालु आर्थिक वर्षका कार्यक्रमहरु वडामा नै सम्झौता गरेपछि गाउँपालिकाको केन्द्र झ्यालबास पुग्दा लाग्ने खर्च बचेको स्थानीयले बताएका छन । गाउँपालिकामा सम्झौता गर्न जानेदिन विहान ६ बजे घरबाट हिडेको स्मरण गर्दै वडा नम्बर ६ रमितेका दुर्गा बहादुर नेपालीले भन्नु भयो “गाउँपालिका सम्म पुग्ने खर्च नहुदा भोक–भोकै हिड्नुपर्ने, कागजात कहिले नपुगेर त कहिले नमिलेर पटक पटक जानुपर्ने बाध्यता थियो ।”
रमिते खानेपानीको लागि योजना सम्झौता गरेपछि खुसी हुदै नेपालीले भन्नुभयो “गाउँपालिकाकाले स्थानीयको समस्या बुझेर संचालन गरेको घुम्ति शिविरले उपभोक्ता समितिलाई धेरै सहज भयो, अब भुक्तानीको लागि मात्रै गाउँपालिका कार्यालय पुगे हुन्छ ।”
चालु आर्थिक वर्षको लागि वडा नम्वर ६ मा ५७ लाख बराबरको बजेट विनियोजन भएको छ । सोहि अन्तरर्गत वडा तहका खानेपानी, सडक, खेल मैदान लगाएका विभिन्न योजना सम्झौता भएको वडा अध्यक्ष छम बहादुर सोमै मगरले जानकारी दिनुभयो ।
हुप्सेकोट गाउँपालिकाको वडा नम्वर ५ र ६ विकट पहाडी क्षेत्र रहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्