18.1 C
Kathmandu
Flowers in Chania

कावासोतीको अल्पकालीन सेवा केन्द्र, जहाँ हिंसा प्रभावितले आश्रय र आवश्यक सेवा पाउँछन्

- Advertisement -

कावासोती , पुस २०

नवलपुरको कावासोती नगरपालिकामा सञ्चालनमा आएको अल्पकालीन आश्रय सहितको सेवा केन्द्रमा डेढ वर्षको अवधीमा जम्मा चार जनाले मात्रै सेवा लिएका छन् ।
गत वर्षको असार २९ गतेदेखि कावासोतीमा हिंसा प्रभावितका लागि अल्पकालीन आश्रय सहितको सेवा केन्द्र सञ्चालन गरिएको थियो । सञ्चालनमा आएको डेढ वर्षमा जम्मा चार जनाले मात्रै यहाँबाट सेवा लिएका हुन् । सेवा लिनेमा तीन जना महिला यौनजन्य जबरजस्ती करणी पीडित रहेका छन् भने एक जना महिला मानसिक समस्या भएको र अलपत्र परेको अवस्थामा फेला परेकी हुन् । उनीहरु चारै जनाको पारिवारिक पुनर्मिलन भइसकेको छ । उनीहरु विभिन्न समयमा पाँच दिनदेखि एक महिनासम्म आश्रय स्थलमा रहेका थिए । आश्रय स्थलमा रहँदा आवश्यक कानूनी प्रकृया , स्वास्थ्य उपचार , मनोपरामर्श र पारिवारीका पुनर्मिलन गराउने सम्मको सेवा प्रदान गरिएको, सेवा केन्द्र हेर्दै आउनुभएकी महिला बालबालिका तथा समाज कल्याण उपशाखा कावासोतीकी रीता रिजालले बताउनुभयो । सेवा लिएका चार जना महिला दुई जना जिल्लाभित्र र दुई जना जिल्ला बाहिरका हुन् ।
‘यो संख्या ज्यादै न्यून हो , सेवा केन्द्रका बारेमा जानकारी नहुदाँ सेवा लिने बढ्न सकेका छैनन् । कावासोतीमा सेवा केन्द्र छ भन्ने बारेमा जिल्लाका सबै कुनाकाप्चासम्म जानकारी गराउन सके हिंसा प्रभावितहरू सेवा लिन आउनुहुन्थ्यो होला । ’ रिजालले भन्नुभयो । हिंसा प्रभावितको क्षेत्रमा काम गर्ने वा महिला बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्था र अभियानकर्मीहरूले सेवा केन्द्रका बारेमा हरेक फोरममा जानकारी दिन समेत उहाँले आग्रह गर्नुभएको छ । ‘हिंसामा परेर आश्रय नै लिनुपर्ने अवस्था आउनु त दुःखद नै हो । सेवा केन्द्रमा ंिहसा प्रभावित कम हुनु राम्रो कुरा हो । तर , हाम्रो अनुमानमा सेवा केन्द्रका बारेमा जानकारी नहुदाँ पनि कमी भएको हो की भन्ने लागेको छ । जानकारी नहुँदा पीडकले पीडितका बस्नुपर्ने वा अन्य आफन्तको बस्नुपर्ने र विभिन्न लाञ्छना सहनुपर्ने , सुरक्षा चुनौती हुने जस्तो समस्या भोग्न नपरोस् भन्ने हाम्रो चाहना हो । ’ रिजालले भन्नुभयो ।
यस अघि नवलपरासी एउटै जिल्ला हुँदा परासीमा सेवा केन्द्र थियो । नवलपुरबाट धेरै ंिहसा प्रभावितहरूलाई परासी सेवा केन्द्रमा राख्ने गरिएको थियो । जिल्ला टुक्रिएपछि यहाँ अल्पकालीन सेवा केन्द्र नहुँदा कतिपय पीडित महिला तथा बालबालिकाको सुरक्षामा चुनौती हुने गरेको सरोकारवालाहरूले गुनासो गर्दै आएकाले कावासोती नगरपालिकाले सेवा केन्द्र स्थापना गरेको थियो ।
जिल्लामा नै यस किसिमको आश्रय स्थल नहुँदा पीडितलाई अन्यत्र जिल्लामा राख्नुपर्ने बाध्यता हुँदा धेरै समस्या हुने गरेको सरोकारवालाले विभिन्न कार्यक्रमहरूमा गुनासो समेत गर्दै आएका थिए ।
सोही कारण कावासोती नगरपालिकाले सेवा केन्द्र स्थापना गरेको थियो । जिल्लामा गत वर्ष असोजमा सामाजिक विकास कार्यालय स्थापना भएपछि सेवा केन्द्रलाई उक्त कार्यालय मातहत हेर्दै समेत आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्