24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

लुम्बिनी चिनी कारखानामा स्थानीयको तालाबन्दी

- Advertisement -Flowers in Chania

परासी — नविन पाैडेल

पश्चिम नवलपरासीको लुम्बिनी चिनी मिल सुनवलमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगको प्रदूषण नियन्त्रणमा उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग वरपरका स्थानीयले उद्योगको मूल गेटमा ताला लगाएपछि उद्योग बन्द भएको हो । पुरानो प्रविधिको उद्योग भएको र उखु क्रसिङ गर्दा खरानीसहितको कालो धुलोका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । स्थानीयहरूले पटक–पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीय दीपक खनालले बताए ।

उद्योग सञ्चालनका क्रममा इन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धूलोका कणहरू सुनवल क्षेत्रमा फैलिने गरेको छ । समस्या समाधान नभएसम्म उद्योग नचलाउन स्थानीयले चेतावनी उद्योग प्रशासनलाई चेतावनी दिएका छन् । उद्योगका व्यवस्थापक कुश सुवेदीले प्रदूषण नियन्त्रणको प्रयास भइरहेको र केही दिनभित्रमा नै नयाँ उपकरण जडान गरिने बताए । वर्षौंदेखि स्थानीयले प्रदूषण न्यूनीकरणका लागि आग्रह गर्दा पनि उद्योग प्रशासनले विभिन्न बाहना बनाउँदै आएको छ ।पुस २०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्