18.1 C
Kathmandu
Flowers in Chania

चितवन महोत्सवको तयारी धमाधम चल्दै

- Advertisement -

नारायणगढ । पुस २०

चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा लिर्ईएको चितवन महोत्सवको तयारी धमाधम चलिरहेको छ । हरेक २/२ वर्षमा हुँदै आएपनि गतवर्ष कोभिडका कारण स्थगित भएपछि यसपटक १४ औं संस्करणको चितवन महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं चितवन महोत्सव २०७९ का मूल संयोजक चुननारायण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सुरु हुन भन्दा ६ दिन अघि मंगलबार उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले १० दिनको अवधिमा हुने महोत्सवमा करिब २५ करोडको कारोवार हुने अनुमान गरिएको जानकारी दिनुभयो ।  
उद्योग वाणिज्य संघ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको मुख्य प्रवद्र्धनमा महोत्सव हुँदै आएको छ । श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटक सहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरेको बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनले वि.स. २०५३ सालदेखी महोत्सव गर्दै आएको छ । गतवर्ष आयोजित महोत्सव कोभिडको महामारीले पूर्ण रुपमा संचालन नहँुदा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उहाँले जानकारी दिनुभयो ।  
महोत्सव परिसरमा यसपटक मौरी र तोरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौरीको प्रतिमा सहित तोरीबारीको निर्माण गरि कृषिकर्म तर्फ आकर्षित गर्न लागेको जनाईएको छ । यस वर्षको चितवन महोत्सवमा ७ वटा विशेष स्टल, डोम र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहने जनाईएको छ । विगतका महोत्सवहरुमा जस्तै फुड फेस्टिभल यस वर्ष पनि पौष २८ देखी माघ २ गते सम्म क्याम्पाचौर नारायणगढमा सञ्चालन हुने पत्रकार सम्मेलनमा जनाईएको छ । पौष २९ गते देखी माघ ३ गते सम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहि विज्ञहरूको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । 
चितवन महोत्सव पर्यटनलाई केन्द्र विन्दुमा राखी (पर्यटन थिममा) आयोजना गर्न लागिएको जानकारी गराउँदै उहाँले चितवन जिल्लालाई विविधताको भूमिको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । 


यस वर्षको चितवन महोत्सवले व्यावसायीक क्रियाकलापमा भन्दा पनि कोभिड १९ र तत्पश्चात विश्व परिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र हतोत्साहीत भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्ने आशा गरेको छ । महोत्सव अवधिमा महोत्सव परिसरमा आयोजकले नीजि क्षेत्रका मागहरु सहितका तुल ब्यानर राख्ने, बैंक ब्याज विरुद्धका नारा अंकित विरोधका ब्यानर राखेर विरोध कार्यक्रम गर्ने बताउनुभयो । 
महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रबर्द्धनमा महोत्सवका गतिविधि सञ्चालन हुनेछन् । दश दिन सम्म सञ्चालन हुने महोत्सवमा विगतका महोत्सवहरूमा झैं विविध खेलकुद जलयात्रा, स्वास्थ्य सेवा आदिवासी जनजातीहरुको भेषभुषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनीले निरन्तरता पाउने छन् । यसै गरि थप मनोरञ्जनका लागि फर्न पार्क सञ्चालन गरिने जनार्ईको छ । 
कलात्मक प्रवेशद्वार, महोत्सव परिसरमा कलात्मक आकृतिहरु, २४ सै घण्टा सिसिटिभिको निगरानी, फ्रि वाईफाईको व्यवस्था, खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिने जनाईएको छ । महोत्सव व्यवस्थापनका लागि मूल समिति, संरक्षक सल्लाहकार समिति, स्टेरिङ समिति र विभिन्न गतिविधि केन्द्रित ३० वटा कार्यगत समिति गठन गरिएको छ । 
महोत्सवको टिकट शुल्क सर्वसाधारणतर्फ रु. ६० र विद्यार्थी शुल्क रु. ३० रहेको छ भने टिकट भौतिक रूपमा र वालेटबाट पनि खरिद गर्ने व्यवस्था गर्ने मूल संयोजक चुननारायण श्रेष्ठले जानकारी दिनुभयो । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्