24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

गैडाकोटको किसान बचत तथा ऋण सहकारी संस्थामा चोरी

- Advertisement -Flowers in Chania

कावासोती , पुस १९

  नवलपुरको गैडाकोट १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ । सहकारीको सटर फोडी कार्यालयको सेफमा रहेको रु ५ लाख ९१ हजार नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले बताउनु भयो ।

तीन जनाको संख्यामा रहेका चोरहरुको समुहले साकोसको सटरकोठा फोडेर नगद चोरी गरेर लगेको साकोस भवन सँगै रहेको मुकुन्द सेन दुध संकलन केन्द्रमा काम गर्ने कृष्ण पाण्डेले खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको समुहमा आएका चोरहरुले दुध संकलन केन्द्रमा काम गर्ने पाण्डेको मुख र आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको समेत प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन । चोरहरुले सटर फोर्दै गरेको थाहा पाए पछि बाहिर निस्किएका पाण्डेले प्रतिकार गर्ने क्रममा चोरहरुले आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको प्रहरीलाई बयानमा बताएका छन ।

चोरी गरेर चोरहरु भागेपछि पाण्डेले प्रहरीलाई खबर गरेका र घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान अगाडी बढाएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा बाट तालिम प्राप्त कुकुर ल्याउने पहल समेत भैरहेको उपरीक्षक तिवारीले बताउनु भयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्