8.1 C
Kathmandu
Flowers in Chania

गैँडाकोट ९ मा विपन्न परिवारलाई न्यानो कपडा वितरण

- Advertisement -

गैँडाकोट । पुस १८
गैँडाकोट नगरपालिका वडा नम्बर ९ले आइतबार वडाका गरिव तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।गैँडाकोट ९ वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडाका १ सय ९ जनालाई न्यानो कपडा सिरक वितरण गरिएको वडा सदस्य एवं नगरपालिकाका बिधायन समिति संयोजक ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो । 

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गरिव तथा बिपन्न बर्गलाई न्यानो बनाउन वडाले गरेको कामको प्रशंसा गर्नुभयो । न्यानो कपडा वितरण गरेर वडाले उदाहरणीय काम गरेको अधिकारीले बताउनुभयो । समाजमा एकले अर्कालाई समस्या पर्दा सहयोगी व्यवहारको पनि विकास गर्न आवश्यक भएको उहाँको भनाई छ ।

 गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले चिसो वढ्दै गएकाले वडाले सहयोग स्वरुप यो कार्यक्रम गरेको बताउदैँ वडावासीका सुखदुखमा सँगै रहेर काम गर्ने बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य एवं नगरपालिकाका बिधायन समिति संयोजक ज्ञानप्रसाद खनालले व्यक्त गर्नुभएको थियो भने स्वास्थ्य स्वंयसेविका सरस्वती सापकोटाले औपचारिक कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्